कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

जाजरकोट भूकम्प प्रभावितलाई एमालेले १ करोड रुपैयाँ बराबरको राहत दिने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)ले जाजरकोट भूकम्पपीडितलाई १ करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने भएको छ । एमालेको सामाजिक सेवा केन्द्रले जाजरकोट भूकम्पपीडितलाई राहत सामग्री वितरण गर्न लागेको हो ।

जाजरकोट भूकम्प प्रभावितलाई एमालेले १ करोड रुपैयाँ बराबरको राहत दिने

एमालेका केन्द्रीय सदस्यसमेत रहेका सामाजिक सेवा केन्द्रका प्रमुख मोतिलाल दुगडले भूकम्प पीडितलाई चामल, दाल, चाउचाउ, बिस्कुट, नुनजस्ता खाद्य सामग्री उपलब्ध गराउने जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पार्टीको सामाजिक सेवा केन्द्रले भूकम्प पीडितका लागि खाद्य सामग्रीका अलवा कम्बल र त्रिपाल पनि वितरण गर्न लागिएको जानकारी दिए ।

दुगडका अनुसार राहतका लागि पठाइने सामग्रीमध्ये केही काठमाडौंमा खरिद गरिएको छ भने केही सामग्री नेपालगन्ज, दाङ लगायतका जिल्लाबाट खरिद गरिसकिएको छ ।

राहत सामग्री दुई चरणमा पीडितकहाँ पुर्‍याउने तयारी गरिएको दुगडले जानकारी दिए । पहिलो चरणको राहत सामग्री दुई दिनभित्र नै पुर्‍याउन लागिएको उनले बताए ।

गत शुक्रबार राति ११:४७ मा गएको भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिमका १५३ जनाको ज्यान गएको थियो ।

प्रकाशित : कार्तिक २१, २०८० १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?