कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

एमाले वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र सुरु, आजै निर्वाचन 

काठमाडौँ — नेकपा (एमाले) वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र सुरु भएको छ । एमाले नेता शेरबहादुर तामाङले काठमाडौंको प्रज्ञा भवनमा मंगलबार बन्दसत्र सुरु भएको जानकारी दिएका छन् ।

एमाले वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र सुरु, आजै निर्वाचन 

बन्दसत्र सञ्चालनका लागि एमालेले गुरु बरालको अध्यक्षतामा अध्यक्षमण्डल गठन गरिएको छ । अध्यक्षमण्डलको सदस्यमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईं, रामेश्वर फुँयाल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ र रत्ना गुरुङ रहेका छन् ।

बन्दसत्रमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत हुने भएका छन् । त्यस्तै बन्दसत्रमा आगामी कार्ययोजना के रहने भन्नेबारे प्रस्तुति गरिने बताइएको छ । बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि २ बजेबाट समूहगत छलफल गरिने बताइएको छ ।

बन्दसत्रमा छलफल सकिएपछि नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढ्नेछ । नेताहरूका अनुसार मंगलबार साँझबाट नै नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सुरु गरिने भएको छ । वाग्मती प्रदेश कमिटीको अध्यक्षमा मकवानपुरका कृष्ण दाहाल, नुवाकोटका केशव पाण्डे, रामेछापका कैलाश ढुंगेल र चितवनका कृष्णभक्त पोखरेललगायतको दाबी छ ।

प्रकाशित : आश्विन ९, २०८० १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?