कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कूटनीतिक संवादमार्फत नक्सा विवाद समाधान गर्न चाहन्छौं : परराष्ट्रमन्त्री

कुम्भराज राई

ओखलढुंगा — परराष्ट्रमन्त्री एनपी साउदले नक्सा विवादको समस्या कूटनीतिक पहल र वार्ताको माध्यमबाट समाधान गरिने बताएका छन् । नेपाल सरकारले जारी गरेको नक्सा सबै अन्तर्राष्ट्रिय निकाय र मुलुकले सम्मान गरोस् र स्वीकारोस् भन्ने नेपालको अडान रहेको र यही विषयलाई लिएर विवाद गर्नु उचित नहुने उनले बताए ।

कूटनीतिक संवादमार्फत नक्सा विवाद समाधान गर्न चाहन्छौं : परराष्ट्रमन्त्री

हालै चीन सरकारले जारी गरेको नक्सामा नेपालको लिम्पियाधुरा क्षेत्र भारतमा समेटिएको विषयमा प्रतिक्रिया दिँदै मन्त्री साउदले यस्तो बताएका हुन् ।

सिद्धिचरण नगरपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि ओखलढुंगा आइपुगेका मन्त्री साउदले आइतबार पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नमा भने, 'नक्सा जारी गरेपछि सो नक्सासहितको नोट अरु मुलुकलाई हामीले पठाएको छौं कि छैनौं भनेर खोज्न लगाएको थिएँ । हालसम्म पठाएको भन्ने देखिएको छैन ।'

मन्त्री साउदले नक्साको समस्यालाई विवाद नगरी कूटनीतिक पहल र वार्ताको माध्यमबाट समाधान गर्ने बताए । 'नेपाल सरकारले जारी गरेको नक्सा सबै अन्तर्राष्ट्रिय निकाय र मुलुकले सम्मान गरोस् र स्वीकारोस् भन्ने हाम्रो अडान त छँदैछ, 'मन्त्री साउदले भने, 'तर यही विषयलाई लिएर विवाद गर्नु उचित हुँदैन ।'

प्रकाशित : भाद्र १७, २०८० ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?