कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भ्रष्टाचार छानबिनको निरुपण नभएसम्म प्रश्न उठ्नु स्वाभाविक हो : उपप्रधानमन्त्री खड्का

काठमाडौँ — उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताएका छन् । वर्तमान सरकारमा कांग्रेस सहभागी भएपछि मुलुकमा सुशासन, भ्रष्टाचार, अनियमितताको नियन्त्रणलाई केन्द्रमा राखेर अघि बढिरहेको भन्दै खड्काले भ्रष्टाचार र अनियमितताको छानबिनबाट टुंगो नलागेसम्म प्रश्न उठ्नु स्वाभाविक भएको बताएका छन् ।

भ्रष्टाचार छानबिनको निरुपण नभएसम्म प्रश्न उठ्नु स्वाभाविक हो : उपप्रधानमन्त्री खड्का

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा कांग्रेस उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री खड्काले भ्रष्टाचार र अनियमितताको छानबिन भइरहेको र तिनको निर्क्यौल नभएसम्म प्रश्न उठ्नु स्वाभाविक रहेको बताए । उनले कुनै पनि प्रकरणमा निर्दोष पर्न नहुने र दोषी छुट्न नहुने बताए ।

'कुनै पनि खालको भ्रष्टाचार र अनियमितताको निष्पक्ष छानबिन हुनुपर्छ । दोषी उम्कन र निर्दोष पर्नुहुँदैन । छानबिनका प्रक्रियाहरू अधुरा छन्, बाँकी छन्, चलिरहेका छन्, यसको निरुपण नभएसम्म प्रश्न उठ्नु स्वाभाविक हो । हाम्रा नेताहरूले केही कुरा उठाउनुभएको छ, त्यसलाई अस्वभाविक मान्दिन, त्यसको अन्तिम टुंगो अदालतले नलगाएसम्म यी कुरारू हुन्छन्,’ उनले भने । कांग्रेसका नेताहरूले नै सरकारले चलाएको भ्रष्टाचार र अनियमितताविरुद्धको छानबिनमा प्रश्न उठाएको अवस्थामा कांग्रेसबाट सरकारमा नेतृत्व गरिरहेका खड्काले बताए ।

उपप्रधानमन्त्री खड्काले भ्रष्टाचार र अनियमितता अन्त्यका लागि वर्तमान सरकार संकल्पसहित लागिरहेको पनि बताए ।

‘मुलुकमा सुशासन, भ्रष्टाचार, अनियमितताको नियन्त्रणको समग्र अभियानलाई वर्तमान सरकार, वर्तमान प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा कांग्रेस, समाजवादी, जसपा, लोसपा, जनमत, लगायतका पार्टीहरू मिलेर चलाइरहेका छौँ । कांग्रेस सरकारमा गएको अहिले लगभग साढे ४ महिना बितेको छ । सुशासनको पक्षमा र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा अभियानको रुपमा एउटा संकल्पसहित हामी सरकारमा गएपछि पूर्ण संकल्पसहित सरकार अघि बढेको छ,' उनले भने, 'भएका कमजोरीलाई सुधारेर विशेष अभियान चलाउनका लागि मुख्यसचिव एउटा टोली बनाएर लाग्नुभएको छ । सुशासनको कार्ययोजना तयार पारेर जनताले पाउने सेवा समयमा पाउनका लागि हमीले पहल गरिरहेका छौं ।'

अबको एक महिनाभित्रै कार्ययोजना बनाएर मुलुकका सबै संयन्त्रहरूलाई सुशासनको घेराभित्र अनुसशासित बनाउँदै अगाडि बढ्ने खड्काले बताए । उनले जनतामा नयाँ खालको प्रभाव र सरकारबाट प्राप्त सेवामा नयाँपन र गति दिनका लागि काम भइरहेको जानकारी दिए ।

प्रकाशित : भाद्र ९, २०८० १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?