'समुदायमा कांग्रेस' कार्यक्रम स्थगित

काठमाडौँ — सत्तारुढ दल कांग्रेसले 'समुदायमा कांग्रेस' कार्यक्रम स्थगित गरेको छ । मंगलबार कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले पत्रकार सम्मेलन गर्दै अर्को निर्णय नभएसम्मका उक्त कार्यक्रम स्थगित गरिएको बताएका हुन् ।

'समुदायमा कांग्रेस' कार्यक्रम स्थगित

साउनमा बसेको केन्द्रीय समिति बैठकले कांग्रेसले भदौ १० देखि २४ गतेसम्म 'समुदायमा कांग्रेस' कार्यक्रम गर्ने निर्णय गरेको थियो । प्रचार विभाग प्रमुख विश्वकर्माले अविरल वर्षा, बाढीपहिरो, डेंगी र आँखा पाक्ने रोगले समुदाय नै प्रभावित भएकाले उक्त कार्यक्रम तत्काललाई रोकिएको जानकारी दिए ।

अविरल वर्षा, बाढीपहिरो, डेंगी तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय नै गम्भीर रूपमा प्रभावित भएकोले हाल उनीहरूको सेवामा जुट्न सम्बन्धित तहका पार्टी संगठनहरूलाई आह्वान गर्ने र भाद्र १० देखि २४ सम्म गर्ने तय भएको 'समुदायमा कांग्रेस' कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको जानकारी गराइन्छ,' प्रमुख विश्वकर्माले भने ।






प्रकाशित : भाद्र ५, २०८० १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?