जायज परियोजनाले ऋण नपाएको अवस्था छैन : गभर्नर अधिकारी 

वैशाख ३०, २०८१

कान्तिपुर संवाददाता

There is no situation where legitimate projects do not get loans: Governor Officer

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै पक्षबाट राम्रा र वास्तविक आयोजनाहरू (ऋणी)ले ऋण पाउन समस्या नभएको  बताएका छन् । अहिले बैंक तथा वित्तीय संस्थाले नाममात्रका आयोजना, साँवा र ब्याज तिर्नका लागि कर्जा लिन आएको अवस्थामा मात्र ऋण प्रवाह नगरेको उनको दाबी छ ।  

आइतबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर इकोनमिक समिट–२०२४ अन्तर्गत तेस्रो सत्र ‘गभर्नरसँग प्रश्नै प्रश्न’ विषयक अन्तरक्रियामा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

‘जायज आयोजना र वास्तविक ऋण वा परियोजनालाई ऋण अभाव छैन,’ उनले भने, ‘तर माफ गर्नुहोला साँवा र ब्याज तिर्नका लागि अब कर्जा पाइँदैन ।’ आफूहरु वित्तीय प्रणालीको सुधारमा पनि रहेकाले केहीलाई समस्या भएको हुनुपर्ने उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully