२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

गाडी भाडा बढ्यो, कहाँको कति ?

कान्तिपुर संवाददाता

काठमाडौँ — यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेपछि अन्तरप्रदेश चल्ने सवारी साधनको भाडादर समायोजन गरेको छ । डिजेलको मूल्य प्रतिलिटर २१ रूपैयाँले बढेपछि विभागले अन्तरप्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले बढाएर मूल्य समायोजन गरेको हो । नयाँ भाडादर बुधबारदेखि नै लागू हुनेछ ।

गाडी भाडा बढ्यो, कहाँको कति ?

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशतले थपघट भएमा सवारी भाडादर पनि समायोजन हुने गरेको छ ।

विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर निर्धारण गर्दै आएको छ ।विभागका अनुसार यात्रुवाहक सवारीका साधनको भाडादर ४.७०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ६.१५ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ६.८३ प्रतिशतले वृद्धि गरिएको छ ।

डिजेलको बजार मूल्य १४४ रुपैयाँ रहेकोमा हाल बढेर १६५ रुपैयाँ पुगेको छ ।

प्रकाशित : श्रावण ३१, २०८० १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?