कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय संसद्को नक्सा त्रुटिपूर्ण छ : ओली

प्रधानमन्त्री दाहाललाई ओलीको प्रश्न- 'ग्रेटर भारतको उद्देश्य यही हो भनेर त्यहाँका मन्त्रीहरू बोलिरहेका छन् । चार-चार दिन बस्दा यसबारे केही भन्नु पर्दैन ?'

काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भारतले सांस्कृतिक भन्दै आफ्नो नवनिर्मित संसद् भवनमा राखेको मुराल (नक्सा) त्रुटिपूर्ण भएको बताएका छन् ।

भारतीय संसद्को नक्सा त्रुटिपूर्ण छ : ओली

उनले भारतका मन्त्रीहरू ग्रेटर भारतको अवधारणाअन्तर्गत यो कुरा आएको भनिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले त्यो विषय भ्रमणका क्रममा नउठाएको भन्दै आपत्ति जनाए । भारतले राखेको मुरालमा नेपालका लुम्बिनी र कपिलवस्तु समावेश छन् ।

'तपाईंले गेरुवस्त्र लगाउनुभयो । एक ढाकर रद्राक्ष बोकेर जानु भयो । कोटको एउटा गोजीमा नागरिकता विधेयक प्रमाणीकरणको कागज राख्नुभयो' ओलीले भने,'उहाँ जे बोलियो त्यो राष्ट्रिय हितमा धक्का पैदा भयो । प्रधानमन्त्रीप्रति सन्देह पैदा भएको छ ।' उनले भारतले लिन चाहेका विषय 'सोलिड' रूपमा दिएको तर लिनुपर्ने कुरा चाहिँ राँगाबाहेक अरु सैद्धान्तिक रूपमा लिएको आरोप लगाए ।

'म भारतलाई दोष दिन चाहन्नँ । ग्रेटर भारतको उद्देश्य यही हो भनेर त्यहाँका मन्त्रीहरु बोलिरहेका छन् । चार-चार दिन बस्दा केही भन्नुपर्दैन ?,' ओलीले प्रधामन्त्री दाहाललाई प्रश्न गरे,' यही तरिका हो भने हामी धेरै कुरा लुज गर्छौं । नक्सा बनाउनु त्रुटि हो । सांस्कृतिक भनेर राष्ट्रका नक्साहरूको सम्बन्धमा सीमा नबनाइकन यस्तो ढंगले फस्नु हुँदैनथ्यो। प्रधानमन्त्रीको अडानहिनता देखियो । हुन त यो सरकार र गठबन्धन नै बन्दा नै कम्फर्टेबल भन्ने थियो ।'

प्रकाशित : जेष्ठ २२, २०८० १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?