कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभा बैठक पनि एमालेको अवरोधपछि स्थगित

नागरिकता विधेयक प्रमाणीकरण र भारत भ्रमणबारे जवाफ दिन प्रधानमन्त्रीलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा राष्ट्रघाती काम गरिएको भन्दै एएमालेले सरकारको जवाफ मागेर आइतबार राष्ट्रिय सभाको बैठक पनि अवरोध गरेको छ । प्रतिनिधिसभामा पनि ३ प्रतिपक्षी दलले अवरोध गरेका छन् ।

राष्ट्रिय सभा बैठक पनि एमालेको अवरोधपछि स्थगित

बैठक सुरु हुने लगत्तै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले समय लिएर बोल्दै राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन गरेको बताए । उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतको भूभाग बंगलादेशसँगको बाटो पाउने सर्तमा भारतलाई छोड्न तयार रहेको कुरा गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए । त्यसैले भ्रमणका सन्दर्भमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले माग गरे ।

यो विषयमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारलाई जवाफ दिन रुलिङ गरेका छन् । तर रुलिङ गरेपछि पनि एमाले सांसदहरुको अवरोध नरोकिएपछि राष्ट्रिय सभाको आइतबारको बैठक २९ मिनेटका लागि रोकिएको छ ।

प्रकाशित : जेष्ठ २१, २०८० १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?