आन्दोलनरत पक्षमाथि भइरहेको दमन रोक : यादव


काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेश नामकरणको विरुद्धमा आन्दोलनरत पक्षमाथि दमन भइरहेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेका छन् ।


आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले कोशी प्रदेश नाम खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचान सम्बोधन हुने पुन: नामकरणको मागसहित आन्दोलनमा रहेकाहरुमाथिको दमन रोक्न सरकारसँग आग्रह गरेका हुन् ।
अध्यक्ष यादवले समस्याको न्यायोचित सम्बोधन हुनेगरी आन्दोलनरत पक्षहरुसँग वार्ताद्वारा हल गर्न सरकारलाई अनुरोधसमेत गरेका छन् ।
प्रकाशित : जेष्ठ १४, २०८० १७:२६