कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

नेविसंघ र तरूण दललाई पूर्णता दिने तयारी

काठमाडौँ — नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दललाई शुक्रबारसम्म पूर्णता दिने तयारी गरेको छ । नेताहरुले शुक्रबार बेलुकासम्म नेविसंघ र तरूण दलका केन्द्रीय महाधिवेशन आयोजक समितिलाई पूर्णता दिने बताएका छन् । 

नेविसंघ र तरूण दललाई पूर्णता दिने तयारी

सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दललाई पुर्णता दिनेबारे बिहीबार पदाधिकारीहरुसँग छलफल गरेका छन् । सहमहामन्त्री महालक्ष्मी उपाध्यायले नेविसंघ र तरुण दलसहित भ्रातृ संस्थाहरुलाई पूर्णता दिने निर्णय भएको बताइन् ।

'आजको बैठकले नाम संकलन भइसकेका भ्रातृ संस्थाहरूको पूर्णता दिँदै जाने निर्णय गरेको छ । यसका लागि भोलि पनि हामी बैठक बसेर भ्रातृ संस्थाहरूको समिति भोलिबाटै पूर्णता दिन थाल्छौं,' सहमहामन्त्री उपाध्यायले भनिन् ।

शुक्रबार साँझसम्म नेविसंघ र तरूण दलको समिति आउने हो भन्ने प्रश्नमा उनले अहिलेसम्म केन्द्रमा आएको नामहरूको आधारमा यी दुई भ्रातृ संस्थाको समिति भोलिसम्म आउने बताइन् । नाम संकलन भएको आधारमा त्यसपश्चात् क्रमिक रूपमा अन्य भ्रातृ तथा शुभेच्छुक संस्थाको समिति गठन गरिने उनले जानकारी दिइन् ।

बैठकमा अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्थाको विषयमा जानकारी गराएका थिए । साथै उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको विषयमा जानकारी गराएका थिए ।

प्रकाशित : वैशाख २१, २०८० १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?