कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

बारा-२ मा उपेन्द्रलाई उछिने शिवचन्द्रले

लक्ष्मी साह

बारा — बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई जनमतका शिवचन्द्र कुशवाहाले उछिनेका छन् ।  करैयामाई नगरपालिका वडा १ र २ को २ हजार ७४ मत गणना गर्दा यादवलाई कुशवाहाले १०८ मतले अग्रता लिएका हुन् । 

बारा-२ मा उपेन्द्रलाई उछिने शिवचन्द्रले

कुशवाहाले ८९५ मत प्राप्त गरेका छन् भने यादवले ७८७ मत प्राप्त गरेका छन् । एमालेका पुरुषोत्तम पौडेलले ५२३ मत प्राप्त गरेका छन् । रास्वपाका रमेश खरेलले भने २३९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बारा-२ मा आइतबार सम्पन्न मतदानमा ६५.६६ प्रतिशत अर्थात ६९ हजार १ सय ७ मत खसेको छ ।

प्रकाशित : वैशाख ११, २०८० १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?