कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

नाबालिग बलात्कार घटनामा मिलापत्र गर्न दबाब 

रुपा गहतराज

नेपालगन्ज — ८ वर्षीया छोरीले पिसाब पोल्यो भने पनि आमाले पैसा नभएकाले वास्ता गरिनन् । ज्याला मजदुरी गरेर घरखर्च चलाउँदै आएका नेपालगन्ज–१२ का एक दम्पतीले छोरीले गुप्ताङ्ग पनि दुख्छ भनेपछि थप कुरा सोधे ।

नाबालिग बलात्कार घटनामा मिलापत्र गर्न दबाब 

त्यसपछि छोरीको कुरा सुनेपछि आफन्तैबाट बलात्कारमा परेको कुरा थाहा पाए । आफ्नै फुपाजु पर्नेबाट २ वर्षदेखि बलात्कारमा परेको ती नाबालिगले बताइन् ।

गत फागुन ६ गते पनि पाहुना आएका बेला ती व्यक्तिले मासु किन्न जाने बहानामा बालिकालाई पनि सँगै लगेर बलात्कार गरेको पीडितको भनाइ छ । गत चैत ४ गते बालिकाले घरमा सबै कुरा सुनाएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले ती पुरुषलाई नियन्त्रणमा समेत लियो । तर‚ जाहेरी नपरेको भन्दै २ दिनपछि छाडिदियो । न्यायको खोजीमा जिल्ला प्रहरी कार्यालय पुगेका पीडित परिवारलाई पीडकका परिवारले पैसामा मिल्न दबाब दिए ।

अबदेखि त्यस्तो घटना नदोहोरिने भन्दै दुवै पक्षले मिलापत्रको कागज बनाए । तर आमाले बलात्कारजस्तो घटनामा मिल्न नहुने भन्दै एउटा संस्थालाई गुहार्न पुगिन् । आफूहरूसँग अदालत धाउन सक्ने खुबी नभएको उनको भनाइ छ । ‘हामी गरिब छौं । पैसा तिरेर मुद्दा लड्न सक्दैनौं । त्यो परिवारले मिल्नलाई धम्की र दबाब दिइरहेका छन्,’ उनले भनिन्, ‘आफ्नै भदैलाई त्यस्तो गर्नेले अरुलाई के गर्ला भन्ने लागेर सजाय होस् भन्ने लागेको छ ।’

बालिका बिहीबारदेखि एउटा संस्थाको शरणमा छिन् । बालिकाकी एक आफन्तले पीडित परिवारको अवस्था हेरेर प्रहरीले जाहेरी दिन अनुरोध गर्नुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘यस्ता मुद्दामा त प्रहरी आफैं पनि संवेदनशील हुनुपर्ने हो ।’ घटनापछि ४ कक्षामा पढ्ने ती बालिकाले राम्रोसँग पढ्न सकिरहेकी छैनन् ।

संस्थाले मुद्दा दर्तापछि मात्र स्वास्थ्य परीक्षण गर्ने भन्दै मुद्दाको प्रक्रिया पर्खिरहेको छ । आरोपितलाई कानुनी कारबाही गरे घटना न्यूनीकरण हुने दलित महिला संघ बाँकेकी अध्यक्ष निर्मला सुनारले बताइन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आथिक वर्ष २०७९/८० मा जबर्जस्ती करणीका घटना बढी छन् । साउनदेखि फागुनसम्म २१ जबर्जस्ती करणीका घटना दर्ता भएका छन् । जबर्जस्ती करणीका उघोगमा ८ वटा घटना दर्ता भएका छन् ।

प्रकाशित : चैत्र २३, २०७९ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?