कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रहरीले नेतालाई कुटेको भन्दै राजविराजमा जसपा कार्यकर्ताको प्रदर्शन

अवधेश झा

सप्तरी — जिल्ला प्रहरी कार्यालय सप्तरीमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई एक प्रहरी निरीक्षकले टाउकोमा चोट लाग्ने गरी हातपात गरेको आरोपमा जसपाका नेता कार्यकर्ताहरूले राजविराजमा प्रदर्शन गरेका छन् ।

प्रहरीले नेतालाई कुटेको भन्दै राजविराजमा जसपा कार्यकर्ताको प्रदर्शन

प्रदर्शनका कारण अहिले राजविराजको अवस्था तनाबग्रस्त बनेको छ । छलफलका क्रममा प्रहरी कार्यालय गएका अध्यक्ष यादवलाई प्रहरीले हातपात गर्दै कुटपीट गरी टाउको फुटाएको भन्दै जसपाका कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् । जसपाका कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

यादवमाथि कुटपिटको घटनाबारे प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले छलफलको क्रममा चर्काचर्की भई प्रहरी निरीक्षकले जसपा जिल्ला अध्यक्ष केदार यादवमाथि हातपात गरेको सूचना आफूले पाएको बताए । साथै यसबारे थप अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने थापाले बताए ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता नरेश कुमार सिंहका अनुसार अध्यक्ष यादव महदेवा गाउँपालिकाको मुद्दालाई लिएर प्रहरी कार्यालयमा छलफलमा थिए । त्यस क्रममा प्रहरी निरीक्षक नवीन थापामगरसँग उनको विवाद भएपछि प्रहरी निरीक्षक थापामगरले हातपात गरेका थिए ।

हाल थापामगर प्रहरीको नियन्त्रणमा रहेको पनि डीएसपी सिंहले बताए । अध्यक्ष यादवले भने आफूलाई थापामगरले पहिले अपशब्द प्रयोग गरेको र पछि हातपात गरेको आरोप लगाएका छन् ।

प्रकाशित : चैत्र २१, २०७९ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?