कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सरकारको साझा न्यूनतम कार्यक्रमले भोलिसम्ममा अन्तिम रुप पाउँछ : प्रमुख सचेतक लेखक

काठमाडौँ — कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबारसम्ममा सरकारको साझा न्यूनतम कार्यक्रमले अन्तिम रुप पाउने बताएका छन् ।

सरकारको साझा न्यूनतम कार्यक्रमले भोलिसम्ममा अन्तिम रुप पाउँछ : प्रमुख सचेतक लेखक

संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारको साझा न्यूनतम कार्यक्रमले बिहीबार (भोलि)सम्ममा अन्तिम रुप प्राप्त गर्ने बताएका हुन् । उनले कार्यक्रमको मस्यौदा सत्तारुढ गठबन्धनका नेताहरुसमक्ष पुगेको र आवश्यक संशोधनका लागि आज साँझ ५ बजेसम्मका लागि समय दिइएको जानकारी दिए ।

‘न्युनतम कार्यक्रम बनिराखेको छ । साझा न्यूनतम कार्यक्रममा काम भइराखेको छ । हामीले ड्राफ्ट गरिसकेका छौं । त्यो ड्राफ्ट

प्रस्तुत भएको छ सरकारसँग जोडिएका दलहरुका नेताहरुका बीचमा । आज पाँच बजेसम्ममा कसैको त्यसमा संशोधन, केही कुरा थप्नुपर्ने, केही कुरा झिक्नुपर्ने, केही सुधार गर्नुपर्ने कुरा भयो भने गर्ने । भोलिसम्ममा साझा न्यूनतम कार्यक्रमले अन्तिम रुप प्राप्त गर्छ ।’

उनले नयाँ मन्त्रीहरुको शपथ पनि चाँडै हुने बताए ।

प्रकाशित : चैत्र १५, २०७९ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?