प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार हुन सकेको छैन : मन्त्री शर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार विस्तार हुन नसकेको बताएकी छन् । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले वर्तमान समयको अनिवार्य आवश्यकताको रुपमा विकास भएको प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्था गर्न जरुरी रहेको बताइन् ।

प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार हुन सकेको छैन : मन्त्री शर्मा

उनले पछिल्लो समयमा सूचना प्रविधिको विकासले विश्वको स्वरुप नै परिर्वतन भएको उल्लेख गर्दै महिलाहरुमा अझै पनि हरेक क्षेत्रमा सहजता हुन नसकेको बताइन् । उनले सूचना तथा प्रविधिको बढ्दो प्रयोग निरन्तर विकास र गतिशीलताबाट प्राप्त अवसरहरुमा महिलाको सहभागिता अभिवृद्धि हुँदै गए पनि प्रविधिको दुरुपयोगलाई रोक्नुको साथै साइबर सुरक्षा र सरकारी डाटाको सुरक्षासम्बन्धी विषयमा ध्यान केन्द्रित गर्नुपर्ने जरुरी देखिएको बताइन् ।

उनले डिजिटल प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार गरी सेवा प्रवाह उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाहरुको सहभागितासहित समानता कायम गरी न्याय र समानतामा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने सबैको ध्यान पुग्न जरुरी रहेको बताइन् ।

‘डिजिटल प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार गरी सेवा प्रवाह उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाहरुको सहभागितासहित समानता कायम गरी न्याय र समानतामा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने सबैको ध्यान पुग्न जरुरी छ,' उनले थपिन्, 'प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार हुन सकेको छैन । वर्तमान समयको अनिवार्य आवश्यकताको रुपमा विकास भएको प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्था गर्न जरुरी छ ।’

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले स्थानीय तहका न्यायिक समितिको क्षमता अभिवृद्धि मानव अधिकारमैत्री कानुन निर्माण, बालविवाह र बाल श्रम अन्त्यका लागि सचेतना मुलक कार्यक्रम गर्दै आइरहेको बताए । उनले मानव अधिकार सम्बन्धि विभिन्न संवैधानिक आयोगहरुसँग समेत महिला अधिकारका बारेमा नीतिगत र कार्यगत तहका समन्वय र सहकार्य हुँदै आएको बताए ।

अध्यक्ष मगरले महिला अधिकार संरक्षण र लैंगिक हिंसा अन्त्यका लागि सबैले आ-आफ्नो स्थानबाट योगदान गर्न आग्रह गरे । उनले सूचना प्रविधिमा महिलाको पहुँच अभिवृद्धि गर्न लगानी बढाउँदै महिलाको सम्मानपूर्ण जीवनयापन गर्ने वातावरण निर्माण गर्दै महिलाका सम्पूर्ण अधिकार संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : फाल्गुन २४, २०७९ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?