कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सांसद भण्डरीको अवस्था जटिल, देशबाहिरको सुविधासम्पन्न अस्पताल लैजान सिफारिस

कान्तिपुर संवाददाता

काठमाडौँ — खाना  पकाउने एलपी ग्यासको सिलिन्डर विस्फोट हुँदा घाइते भएका गुल्मी क्षेत्र नं. १ का सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन अस्पतालमा लैजान चिकित्सकहरुले सिफारिस गरेका छन् । हिजो घरमा ग्यास विस्फोट हुँदा उनी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए ।

सांसद भण्डरीको अवस्था जटिल, देशबाहिरको सुविधासम्पन्न अस्पताल लैजान सिफारिस

किर्तिपुर अस्पतालले बिहीबार बिहान विज्ञप्ति जारी गर्दै 'हालको स्रोत र साधनको अवस्थामा उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ' भनेको छ ।

काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे सिलिन्डर विस्फोट हुँदा भण्डारीका आमाछोरा घाइते थिए ।

सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको र आमाको ७० प्रतिशत भाग जलेको डाक्टरहरूले बताएका छन् । दुवै जनाको श्वासनलीमा तातो हावा र धुँवाका कारण जलन भएको हुनसक्ने अध्यधिक सम्भावना रहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

‘माननीयज्यूको अनुहार, दुवै हात र दुवै गोडाहरुमा गरी २५–३० प्रतिशत र आमाको जीउको अधिकांश भागमा गरी ७० प्रतिशत जलन भएको तथा दुवैजनाको श्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ’, अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरूको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ ।’

प्रकाशित : फाल्गुन ४, २०७९ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?