भारतसँग कूटनीतिक पहलबिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सहज छैन : महानिर्देशक अधिकारी

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भारतसँग कूटनीतिक पहलबिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नसकिने बताएका छन् ।

भारतसँग कूटनीतिक पहलबिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सहज छैन : महानिर्देशक अधिकारी

आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । महानिर्देशक अधिकारीले भैरहवा र पोखरा विमानस्थलबाट अहिले नै लाभ खोज्ने बेला नभइसकेको भन्दै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन भारतसँग सरकारले वार्ता गर्न आवश्यक रहेको बताए ।

समितिको बैठमा सांसदहरुले रुटको कारणले विमानस्थल सञ्चालनमा नआएको भन्ने जिज्ञासाको जवाफ दिँदै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कम हुनुमा रुट मात्रै बाधक नरहेको बताए । उनले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न अहिलेको प्रचारप्रसार पर्याप्त नभएको पनि बताएका थिए । महानिर्देशक अधिकारीले विमानस्थलको बारेमा छिमेकी देशहरुमा उडान माग्ने र प्रचारप्रसारको कामलाई पनि तीव्र बनाउँदै लगे विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने बताए ।

‘भैरहवा र पोखराको विमानस्थलको कुरा छ । तत्काल हामीले बेनिफिट खोजेर हुँदैन । त्रिभुवन विमानस्थलमा जति लगानी गरेका छौँ, त्यहाँ त्यति लगानी कहाँ भएको छ र ? त्रिभुवन विमानस्थल सञ्चालनमा आएको ७५ वर्ष भइसक्यो आज पनि पूर्ण क्षमतामा छैन । त्यसैले यसलाई केही समय अझै धैर्य गर्नुपर्छ । सबै मिलेर यसको प्रचारप्रसार गर्नुपर्छ । पोलिसी निर्माण गरेर भैरहवाकेन्द्रित गतिविधि निर्माण गराउनुपर्छ । रुटको कारणले मात्रै विमानस्थल नचलेको भन्ने होइन । हामीले भारत र चीन दुवै देशको चाहना छ भने न हामीले विमानस्थलमा उडान पाउने हो । यसलाई त कुटनीतिक पहल गर्नुपर्छ,’ महानिर्देशक अधिकारीले बताए । यस्तै उनले उडानपूर्व बाध्यकारी रुपले उडान सुरक्षा जोखिम मूल्यांकन गर्नुपर्ने पनि बताएका थिए ।

प्रकाशित : माघ २९, २०७९ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?