कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिपिएसमा समस्या देखिएपछि मलेसियाबाट आउँदै गरेको निगमको विमान कोलकाता डाइभर्ट

सुरज कुँवर

काठमाडौँ — मलेसियाबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको न्यारोबडी जिपिएसमा समस्या देखिएका कारण सिमराबाट भारतको कोलकाता डाइभर्ट भएको खुलेको छ । न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि उक्त समस्या भएपछि विमान कोलकाता डाइभर्ट गरिएको हो ।

जिपिएसमा समस्या देखिएपछि मलेसियाबाट आउँदै गरेको निगमको विमान कोलकाता डाइभर्ट

निगमका एक पाइलटका अनुसार मलेसियाबाट फर्कने क्रममा उक्त न्यारोबडीमा उपलब्ध दुई जिपिएसमध्ये एक जिपिएसले काम गरेको थिएन । 'एउटा जिपिएस फेल्युर भएका कारण आरएनपी–एआर एप्रोच नगरी डाइभर्ट कोलकाता डाइभर्ट गरिएको हो,' ती पाइलटले भने ।

शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो । यस्तो अवस्थामा निगमको विमान ११ सय मिटर भिजिविलिटी सम्ममा अवतरण गर्न सकिने ननप्रिसिजिन अप्रोच प्रणालीमा आधारित आरएनपी–एआर एप्रोच विधि अपनाएर अवतरण हुन सक्थ्यो । तर चालकदलले आरएनपी–एआर एप्रोच प्रणालीमा अवतरण गर्न नसक्ने बताउँदै डाइभर्ट गरेका थिए ।

काठमाडौंबाट बिहीबार राति १० बजे मलेसियाको राजधानी क्वालालमपुरका लागि उडेको निगमको विमानमा दुई सेट (चार जना) पाइलट थिए । तीमध्ये तीन जना आरएनपी–एआर प्रणाली सर्टिफाइड थिए ।

प्रकाशित : माघ ६, २०७९ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?