कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारमा पठाउने मन्त्रीबारे छलफलमा दाहाल

काठमाडौँ — पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरूको नामका बारेमा छलफल गर्न माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल गरिरहेका छन् । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छ । 

सरकारमा पठाउने मन्त्रीबारे छलफलमा दाहाल

दाहालको सचिवालयका अनुसार छलफलमा अध्यक्ष दाहालले पार्टीका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवलाई बोलाएका थिए ।

माओवादी दोस्रो तहका नेताहरू मन्त्री परिषद‌्‌मा भएको बाँडफाँडमा असन्तुष्ट रहेको बताइएको छ । त्यो असन्तुष्टि दाहालसामू नेताहरूले राखेका छन् । कम मन्त्रालय पाएको र प्रभावशाली मन्त्रालय नपाएको ती उनीहरुको गुनासो छ । माओवादीले प्रधानमन्त्री बाहेक ४ मन्त्रालय पाउने सत्तारूढ गठबन्धन दलहरूको बैठकमा सहमति बनेको थियो ।

मन्त्रीहरूले मंगलबार १ बजे शपथ लिने तयारी छ ।

प्रकाशित : माघ ३, २०७९ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?