कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कुन दललाई कति मन्त्रालय ? यस्तो छ भागबन्डा

३ मन्त्रालयमा नपाउँदा जसपा सरकारमा नजाने
एमाले ८, माओवादी ४, रास्वपा/राप्रपा ३/३ र जनमत १

काठमाडौँ — सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डा टुंग्याएको छ । गठबन्धनको बालुवाटारमा करिब पाँच घण्टा बसेको बैठकले दलहरुले पाउने मन्त्रालयको टुंगो लागाएको हो ।

कुन दललाई कति मन्त्रालय ? यस्तो छ भागबन्डा

एमालेले ८, माओवादीले ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३/३ र जनमत पार्टीले १ मन्त्रालय लिने सहमति भएको छ । जसपालाई दिने मन्त्रालयबारे टुंगो लागेको छैन । जसपाले तीन मन्त्रालय दाबी गरेपछि सहमति नभएको हो । नागरिक उन्मुक्ति पार्टीले संस्थापक नेता रेशम चौधरीको रिहा हुने व्यवस्था नभएसम्म सरकारमा नजाने अडान लिएको छ ।

‘केही मन्त्रालयय टुंगिएको छ, बाँकी मंगलबार बिहान छलफल गरी अन्तिम रुप दिइनेछ’ बालुवाटार स्रोतले भन्यो, ‘अन्तिम टुंगो भने मंगलबार मात्र हुनेछ ।’ स्रोतका अनुसार माओवादीले स्वास्थ्य, संचार तथा प्रविधि र भूमिसुधार पाउने अनौपचारिक सहमति भए पनि त्यसमा हेरफेर हुने संभावना छ । एमाले एमालेले रक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उडयनलगायत मन्त्रालय लिने छ । एमालेले दुई राज्यमन्त्रीसहित ८ मन्त्रालय लिने सहमति भएको स्रोतले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृह, शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ । उपसभामुख पनि स्वतन्त्र पार्टीलाई दिने सहमति भएको केन्द्रीय सदस्य तथा उपप्रधानमन्त्री रवि लामिछानेको सचिवालयक संयोजक दीपक बोहराले जानकारी दिए । ‘हामीले उपप्रधान, गृह, शिक्षा, श्रमका साथै एक राज्यमन्त्री पाउने निश्चित भएकोछ’ उनले भने, ‘उपसभामुख पनि हाम्रो पार्टीबाट हुनुहुनेछ ।’ प्रतिनिधिसभामा २० सिट भएको रास्वपाले सरकारमा महत्वपूर्ण मन्त्रालय र संसदमा उपसभामुख पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाइ र अरु दुई मन्त्रालय पाउने भएको छ । पार्टीको नेतृत्व गर्दै अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जा मन्त्रीको रुपमा सरकारमा जानेछन् । राप्रपाले सहरी विकास र खेलकुद मन्त्रालय दाबी गरेको छ । जनमतले भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरेको छ । सत्ता गठबन्धनले मंगलबार बिहान बैठक गरी मन्त्रालय भागबन्डामा थप समीक्षा गर्नेछ । दलहरुले मन्त्रीको नाम शपथग्रहण गर्नु अघि दिने जानकारी प्रधानमन्त्रीलाई दिएका छन् । त्यसपछि मन्त्रीको शपथ दिउँसो एक बजे हुनेछ । प्रधानमन्त्री निवास बालुवाटार बैठकपछि उपप्रधानमन्त्री रवि लामिछानेले मन्त्रालयको बाँडफाँट टुंगिएको बताए पनि कसले कुन मन्त्रालय पाएको औपचारिक खुलाएनन् ।

'कुन–कुन मन्त्रालयले कुन–कुन दलले लिने विषयमा मन्त्रालयको बाँडफाँट टुङ्गिएको छ,’ लामिछानेले भने, 'भोलि (मंगलबार) १ बजे नयाँ मन्त्रीहरुको शपथग्रहण हुनेछ ।’ उनले मंगलबार नै मन्त्रीहरुको नामसहित भागबन्डाको विवरण सार्वजनिक गरिने बताए । ‘केही मिलाउनुपर्ने भएकाले भोलि शपथ अघि पनि कुरा हुन्छ’ लामिछानेले भने । उनले मन्त्रीहरूको शपथपछि मंगलबार अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्ने बताए ।

प्रकाशित : माघ २, २०७९ २३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?