सरकार गठनभन्दा पहिले नै पार्टी एकता : विष्णु पौडेल
काठमाडौँ — एमालेका उपमहासचिव विष्णु पौडेलले नयाँ सरकार गठन गर्नुअघि नै पार्टी एकता गर्ने बारेमा छलफल भइरहेको बताएका छन् । उनले भने, 'सम्भवत: हामी सरकारमा जानुभन्दा अघि नै पार्टी एकता गरेर एउटै पार्टीको नेतृत्वमा सरकार बनाउँछौं ।'
काठमाडौंमा आइतबार रिपोटर्स क्बलमा भएको कार्यक्रममा नेता पौडेलले भने, 'अहिले केही समयका लागि हामी दुईवटा पार्टी गठबन्धनको रुपमा छौं । तर सरकार निर्माण गर्दा एउटै कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको हेर्न पाउँनेछन् ।' अब कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्ने भन्दै नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्नेमा कुनै अन्योलता नरहेको उनको भनाइ छ । एकतापछि पार्टी अध्यक्ष को बन्ने भन्ने विषयमा भने छलफल चलिरहेको उनले बताए ।
नेता पौडेलले एमाले र माओवादीबीचको एकता भाँड्न षड्यन्त्र भइरहेको बताए । प्रत्यक्ष–अप्रत्यक्ष रुपमा एकताविरोधी शक्तिहरु सक्रिए भएको भन्दै उनले एकता तोड्ने प्रयास असफल हुने जिकिर गरे ।
प्रदेश नम्बर ५ को राजधानी लुम्बिनी नै हुने उनको भनाइ छ ।
प्रकाशित : पुस १६, २०७४ १७:२०