कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

अब आर्थिक समृद्धिको बेला : दाहाल

भैरहवा — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तीनै तहको निर्वाचनपछि अब मुलुकलाई आर्थिक समृद्धितिर लैजाने बेला भएको धारणा राखेका छन् । 

अब आर्थिक समृद्धिको बेला : दाहाल

जेसीआई सिद्धार्थ नेपालको आतिथ्यमा आजदेखि भैरहवामा सुरु भएको नेपाल जेसीजको ४४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै दाहालले निर्वाचनपछि नेपाल समृद्धितर्फ जान्छ वा पुरानै परिपाटीमा अल्झिन्छ भन्ने अन्तर्राष्ट्रिय चासो रहेको बताए ।

राजनीतिक स्थायित्व कायम रहे मुलुकले दश वर्षमा कायापलट गर्नसक्ने उनको दाबी छ । उनले सपनाको रुपमा रहेको ल्हासादेखि लुम्बिनीसम्मको रेलमार्गको योजना विपनामा परिणत हुने बताए ।


प्रकाशित : पुस ८, २०७४ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?