कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलेसियाबाट काठमाडौं उडेको जहाज ढाकामा 

मलेसिया — मलेसियाको क्वालालम्पुर विमानस्थलबाट काठमाडौंका लागि उडेको मालिण्डो एअरको जहाज मौसम खरावी एवं प्राविधिक समस्याका कारण बंगलादेशको ढाकामा अवतरण गरेको छ ।

मलेसियाबाट काठमाडौं उडेको जहाज ढाकामा 



स्थानीय समयअनुसार शुक्रबार साँझ ६.१० बजे काठमाडौंका लागि उडेको ओडी १८२ उक्त जहाज काठमाडौं पुगेर अवतरण गर्न नसक्दा भारतको लखनउ हुँदै ढाकामा अवतरण गरेको बताइएको छ । जहाजमा १९६ जना सवार रहेको सोही जहाजका एकजना यात्रुले कान्तिपुरलाई बताए ।


नेपाली समयअनुसार ८:३५ मा अवतरण हुनुपर्ने जहाज खराब मौसम एवं जहाजको प्राविधिक गडबडीको कारण त्यहाँबाट लखनउ उडाइएको थियो । 'अवतरण गर्न केहीबेर प्रयास भएपनि जहाज एकाएक लखनउस्थित बिमानस्थलमा लगेर अवतरण गरिएको थियो । त्यसको केहीबेरपछि पुनः ढाकामा अवतरण गरिएको छ,' उक्त विमानका एकजना यात्रुले भने, 'अब उडान कतिबेला हुन्छ भन्ने कुनै जानकारी छैन ।'

प्रकाशित : पुस ८, २०७४ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?