काठमाडौं — काठमाडौंको पुरानो सिनामंगलस्थित पेप्पसीकोलाको मनोहराको पुल नजिक प्रहरी र गुण्डाको समुहबीच गोली हानाहान भएको छ । गोली हानाहान हुँदा प्रहरीको गोली लागि रामेश्वर गौतम घाइते भएका छन् ।
हतियारसहित गुण्डाहरु भेला भएको सूचना पाएर उक्त स्थानमा पुगेको महानगरीय प्रहरी अपराध महाशाखाको टोली माथि तीन/चारजनाको समूहमा रहेका गुण्डाहरुले अकस्मात दुई राउण्ड गोली चलाएपछि प्रहरी टोलीले पनि जवाफी कारबाहीमा गोली चलाएको महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए ।
एसएसपी लोहनीका अनुसार घुँडामुनी गोली लागि घाइते भएका गौतम चक्रेमिलन समूहका हुन् । घाइते गौतमलाई उपचारका लागि प्रहरीले हिरासतमा लिएर वीर अस्पतालको ट्रमा सेन्टर लगेको छ । घटनापछि फरार रहेका अन्य गुण्डाहरुको खोजी भइरहेको छ । 'पक्राउ परेका गाैतम चक्रेकाे खास मान्छे हाे । फरार सबै चक्रे ग्याङका नै हुन्,' एसएसपी लाेहनीले भने ।
प्रकाशित : आश्विन ६, २०७४ २०:२५