कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

च्यातिएको मतपत्रकाे संख्या यकिन गर्न गणनास्थलकाे ताला खाेलियाे

भरतपुर महानगरपालिकाको मतगणना विवाद
विमल खतिवडा

भरतपुर — भरतपुर महानगरपालिकाको मतगणनामा प्रतिनिधिले मतपत्र च्यातेको विषयमा निर्वाचन आयोगले च्यातिएका मतपत्रको संख्या पठाउन मुख्य निर्वाचन अधिकृतलाई बुधबार निर्देशन दिएसँगै मतगणना स्थगित गरेर गणनास्थलमा लगाइएको ताला खोलेर च्यातिएको मतपत्र यकिन गर्ने काम सुरु भएको छ ।

च्यातिएको मतपत्रकाे संख्या यकिन गर्न गणनास्थलकाे ताला खाेलियाे

छानबिन समितिले बुझाएको प्रतिवेदन हेरेपछि निर्वाचन आयोगको बुधबार बसेको बैठकले च्यातिएका मतपत्रको संख्या पठाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।

आयोगले बुधबार भरतपुर महानगरपालिकामा प्रमुख, उपप्रमुख र सम्बन्धित वडामा उम्मेदवारी दिएका उम्मेदवार वा निजका एकएक जना प्रतिनिधि, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी कार्यालयका प्रमुख समेतको रोहवरमा खोली गणनाको क्रममा रहेका मतपत्र मध्ये च्यातिई नोक्सान भएका मतपत्रको संख्या यकिन गर्न भनेको थियो । 

सोही निर्देशन अनुरुप सबै प्रतिनिधिको रोहवरमा गणनास्थलमा लगाइएको ताला खोलिएको हो । मतगणना स्थगित भएसँगै गणनास्थलमा आयोग र एमाले प्रतिनिधिले छुट्टाछुट्टै ताला लगाएका थिए ।

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले गणनास्थलकाे ताला खाेलेर च्यातिएको मतपत्रको संख्या यकिन गर्ने काम सुरु भएकाे पुष्टी गरे । 

प्रकाशित : जेष्ठ १८, २०७४ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?