कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

कश्मीरमा तीन गोर्खा सैनिकको मृत्यु

नयाँ दिल्ली — जम्मु—कश्मीरको नाउगाम सेक्टरमा केही दिन अगाडी भएको क्रस फाइरिङमा परेर भारतिय सेनामा कार्यरत तीन नेपालीको मृत्यु भएको छ । नाउगाममा भारतिय सेना र सशस्त्र समूहबीच भएको भिडन्तमा मृत्यु भएका तीन सैनिकको भारतको गोर्खा पल्टनमा कार्यरत थिए । थप एक जना भने गम्भीर घाइते भएका छन् ।

कश्मीरमा तीन गोर्खा सैनिकको मृत्यु



 मृत्यु भएकामा हवलदार गिरिश गुरुङ, हवलदार डम्वरबहादुर पुन र राइफल म्यान रविन शर्मा छन् । उनीहरु क्रमश ३८, ४० र २३ वर्षका थिए । गिरीश गुरुङको घर कास्की हो भने पुनको गुल्मी हो । गुरुङ १९ वर्षदेखि र पुन २१ वर्षदेखि भारतिय सेनामा कार्यरत थिए । उनीहरु धेरै पहिलेदेखि नै काउन्टर अप्रेसनमा सहभागी भइरहेका थिए ।  २३ वर्षका राइफल म्यान रवीन शर्मा भने सन् २०१३ मा भारतिय सेनामा भर्ना भएका थिए, उनको घर पर्वत हो ।

 सशस्त्र समुहरुले लाइन अफ कन्ट्रोल पार गरेर भारतिय भुमिमा प्रवेश गर्न खोजेपछि भिडन्त भएको भारतिय सेनाका कर्णेल राजेश कलियालाई उद्धत गदै भारतिय संचार माध्यमले जनाएका छन् । भारतिय सेनाले आतंकवादीविरुद्ध संचालन गरेको अप्रेसन झण्डै दुई दिनसम्म चलेको थियो । गत वर्षको जुन महिनामा गोर्खा सैनिक प्रेमबहादुर रश्मी मगरले चार जना सशस्त्र समुहधारीलाई खत्तम पारेर निकै चर्चामा आएका थिए । उनलाई किर्ती चक्र अवार्डबाट भारतको गणतन्त्र दिवसको दिन सम्मानसमेत गरिएको थियो ।

 

प्रकाशित : जेष्ठ ११, २०७४ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?