कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यरातमा डोजरमा आगजनी

घनश्याम गौतम

गुल्मी — छल्दी पनाहा इन्द्रेगौंडा सडकमा निर्माण काम गरिरहेको कम्पनीको डोजरमा अज्ञात समुहले मध्यरातमा आगजनी गरेको छ ।

मध्यरातमा डोजरमा आगजनी

इश्मा गाउँपालिका २ रातचौरमा स्तरोन्नतीको काम गरिरहेको कालिका प्यासिफिक जेभि कन्ट्रक्सनको बा २ क ५६६५ नम्बरको जेसिभी डोजरमा राति आगजनी भएको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए । ‘राति १ बजेको समयमा आगजनी भएको हो’, उनले भने, ‘निर्वाचन विथोल्ने प्रयोजन नभई सडक निर्माण र व्यवसायीसँगको असन्तुष्टिले आगजनी भएको जस्तो देखिन्छ, हामी थप अनुसन्धान गर्दैछौं ।’ स्थानीय तह निर्वाचन र आगजनीमा अहिले त्यस्तो कुनै सम्बन्ध नदेखिएको उनले बताए ।

निर्माण व्यवसायी भरत कटुवालले आगजनी गर्नै पर्ने कुनै कारण नदेखिएको बताए । ‘हामीले तीव्रगतिले सडक निर्माण गरिरहेकै थियौं’, उनले भने, ‘यस्तो घटनाले समयमै काम सक्न समस्या पार्न सक्छ ।’काम रोक्ने नियतका साथ आगजनी भएको हुनसक्ने उनले बताए । निर्माण कम्पनी पूर्व भूमि सुधार मन्त्री विक्रम पाण्डेको हो ।

प्रकाशित : वैशाख २६, २०७४ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?