कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

भ्रूण हत्या गर्ने उद्देश्यले लिंग पहिचान गरेकी डा. नूतन निलम्बित

काठमाडौं — नेपाल मेडिकल काउन्सिलले डा. नूतन शर्मालाई निलम्बन गरी ३ महिनाका लागि चिकित्सकीय अभ्यासमा रोक लगाएको छ । काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माका अनुसार उनीविरुद्घ भ्रूण हत्या गर्ने उद्देश्यले प्रेरित भई लिंग पहिचान गरेको उजुरी सही पाइएपछि ३ महिनाका लागि चिकित्सकीय अभ्यासमा रोक लगाइएको हो ।

भ्रूण हत्या गर्ने उद्देश्यले लिंग पहिचान गरेकी डा. नूतन निलम्बित



काउन्सिलले डा. नूतनलाई निलम्बित गर्ने निर्णय २०७२ साउनमै गरेको थियो । निर्णयविरुद्घ पाटन पुनरावेदन अदालतमा परेको रिटमा काउन्सिलकै निर्णयको पक्षमा फैसला आएपछि उनीमाथिको निलम्बन यथावत् राखिएको शर्माले जानकारी दिए । 

काउन्सिलका अनुसार उनी कार्यरत अल्का अस्पतालमा ३ महिनाका लागि निलम्बन गरिएको चिठी बुझाइएको छ ।

 

प्रकाशित : चैत्र २६, २०७३ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?