पुनर्निर्माणमा सघाउन राष्ट्रसंघलाई प्रधानमन्त्रीको आग्रह

जुलियानद्वारा दातृ संस्थाहरुको मिनी–कन्फरेन्सको प्रस्ताव
कान्तिपुर संवाददाता

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको पुनर्निर्माण प्रक्रियामा सहयोग गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट्न पुगेका संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)का आवासीय प्रतिनिधि भ्यालेरी जुलियानलाई दाहालले संयुक्त राष्ट्रसंघले गरेको सहयोगका लागि धन्यवाद दिँदै निरन्तर सहयोगका लागि आग्रह गरेका हुन् ।

पुनर्निर्माणमा सघाउन राष्ट्रसंघलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको पुनर्निर्माण प्रक्रियामा सहयोग गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट्न पुगेका संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)का आवासीय प्रतिनिधि भ्यालेरी जुलियानलाई दाहालले संयुक्त राष्ट्रसंघले गरेको सहयोगका लागि धन्यवाद दिँदै निरन्तर सहयोगका लागि आग्रह गरेका हुन् । उनले नेपालको शान्ति प्रक्रिया मौलिक र सफलतोन्मुख रहेको भन्दै संक्रमणकालीन न्यायका सम्बन्धमा अन्तर्राष्ट्रिय कानुन र मान्यताहरुको अवलम्बन गर्न सरकार तयार रहेको बताएको दाहालको सचिवालयले जनाएको छ ।

साथै उनले शान्ति सम्झौतादेखि शान्ति प्रक्रियाको पूर्णतामा संयुक्त राष्ट्र संघले खेलेको भूमिकाका लागि पनि धन्यवाद दिएका थिए । भेटमा जुलियानले नयाँ सरकार गठनपश्चात् नेपालको पुनर्निर्माण प्रक्रियाले तीव्रता पाएको भन्दै नेपालको पुनर्निर्माण र आर्थिक सहयोगका लागि संयुक्त राष्ट्रसंघ तयार रहेको बताएका थिए । जुलियानले नेपालको विकासमा सहयोग गर्ने दातृ संस्थाहरुको मिनी–कन्फरेन्सको समेत प्रस्ताव गरेका थिए ।

प्रकाशित : फाल्गुन ५, २०७३ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?