३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

'रोनाल्डो' अझै खोरसोरमा

चितवन — करिब ३ साता देखि चितवन निकुञ्जको जंगली भाले हात्ती 'रोनाल्डो' खोरसोर स्थित हात्ती प्रजनन केन्द्रमा रहेको छ । पोथी खोज्दै आएको हात्ती प्रजनन केन्द्र आसपास रहने गरेको छ ।


प्रजनन केन्द प्रमुख रामेश्वर चौधरीका अनुसार पोथी खोज्दै आएको हात्ती फर्केको छैन । '४/५ बर्ष देखि यस सिजनमा रोनाल्डोको बास केन्द्रमा हुन्छ,' उनले भने,' अरु भाले हात्ती आए खेदछ ।' रोनाल्डो भन्दा अघि केन्द्रमा 'रोमियो'को राज थियो । रोमियोले रोनाल्डोलाई लखेटने गथ्र्यो । ४ बर्ष अघि केन्द्रमा आएको रोमियोको प्रवेश द्धारमा करेण्ट लागेर मृत्यु भएपछि रोनाल्डोको क्ष्ाेत्र बनेको हो ।
'प्रत्येक बर्ष मात चढेका बेला रोनाल्डो प्रजनन केन्द आउछ ,' चौधरीले भने,' यसका लागि एउटा पोथी हात्ती अलग्याएर रुखमा बांध्ने गरिएको छ ।' केन्द्र भन्दा केही पर पोथी बांध्ने गरिएको छ । 'यसपाली ३ वटा पोथी संग रोनाल्डोको संसर्ग भइसक्यो,' उनले भने,'अझै गएको छैन ।' यसका लागि छुटयाएको पोथी फुकाउन मिल्दैन । पोथी सित छुटयाउने कोशिस गरे हिंस्रक बन्छ ।
तर मृत्युदण्ड पाएको जंगली हात्ती धु्रबे फेला पर्न सकेको छैन । निकुञ्जका रेञ्जर बिष्णु थपलियाले हात्तीको खोजी कार्य जारी रहेको जनाए ।

प्रकाशित : पुस १६, २०६९ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?