कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक खाना महोत्सव

हेटौंडा — सडकमा जाआंै, सडकमा खाआंै, सडकमै रमाआंै भन्दै मकवानपुर होटल एसोसियसनले सोमबारदेखि हेटांैडाको मुख्य सडकमा सडक खाना महोत्सव आयोजना गरेको छ ।

नयाँ वर्ष सन् २०१३ को अवसरमा चौथो सडक खाना महोत्सव आयोजना गरेको हो ।
हेटांैडाको स्थानीय बुद्धचोकदेखि सीमाचोकसम्म करिब तीन सय मिटर मुख्य सडकमा आयोजना गरिएको सडक खाना महोत्सवको क्ष्ाेत्रीय प्रशासक उद्धव बाँस्कोटाले सोमबार एक समारोहबीच उद्घाटन गरेका थिए । मेलाका ४० वटा स्टल रहेका छन् । महोत्सवमा स्थानीय र उदीयमान कलाकारहरूका साथमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । दुई दिनसम्म सञ्चालन हुने महोत्सवको २ लाखभन्दा बढी अवलोकनकर्ताले खानाको स्वाद चाख्ने महोत्सवका संयोजक  भागीरथ शर्माले बताए ।

प्रकाशित : पुस १७, २०६९ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?