मर्मतपछि मल्टिफ्युल सञ्चालनमा
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
विराटनगर — लोमो समयदेखि बन्द मोरङको टंकीसिनवारीमा रहेको दुहवी मल्टी फ्युल सोमबारबाट पूर्णरूपमा सञ्चालनमा आएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
६ वटौ टर्बाइनको मर्मत पूरा भई ठेकेदार पक्षले आफूहरूलाई सोमबारबाट पूर्णरूपमा जिम्मा लगाएको केन्द्र प्रमुख बाबुराजा महर्जनले बताए ।
उनले भने, 'अब हामी जुन बेला पनि ३० मेगावाट विद्युत् उत्पादन गर्न सक्छांै ।' विश्व बैंकको आर्थिक सहयोगमा फिनल्यान्डको बार्सिला ओबाई कम्पनीले ७७ लाख युरो खर्च गरेर मल्टिफ्युल मर्मत गरेको हो । फर्नेस आयलबाट सञ्चालन हुने उक्त मल्टिफ्युलले विद्युत् उत्पादन गर्दा प्रतियुनिट करिव २८ देखि ३० रुपैयाँसम्म लाग्ने बताएको छ । एक लिटर फर्नेस आयलले साडे तीन देखि ४ युनिटसम्म विद्युत् उत्पादन हुने केन्द्र प्रमुख महर्जनले बताए ।
गएको तिहारको समयमा बेलुका मल्टिपmयुलबाट उत्पादन गरिएको ६ मेगावाट विद्युत् वितरण गरिएको थियो, भने केही दिनअघिबाट १८ मेगावाट विद्युत् साँझ ३ देखि ४ घन्टासम्म वितरण लाइनमा जोडिएको थियो । आवश्यक परेको बेलामा ३० मेगावाट वितरण लाइनमा दिन सक्ने केन्द्र प्रमुख महर्जनले बताए । उनले भने, 'भार प्रेसर केन्द्रको निर्देशनमा हामी वितरण लाइनमा जोड्छौं ।' ३६ मेगावाट उत्पादन हुने भए पनि ३० मेगावाट दिन सकिने उनले बताए ।
३९ मेगावाट क्षमता रहेको उक्त मल्टिफ्युलले ३६ मेगावाट विद्युत् उत्पादन गर्नेछ । मल्टिफ्युलमा ६ वटा टर्बइन रहेका छन् । विश्व बैंकको सहयोगमा दुई वर्ष लगाएर यसको मर्मत गरिएको हो । मल्टिफ्युलले विद्युत् उत्पादन गर्न थालेपछि यस क्षेत्रको लोडसेडिङ घट्नुका साथै चरम विद्युत् संकट भोगिरहेका उद्योगीहरूलाई राहत मिल्ने आशा गरिएको छ । मल्टिफ्युल सञ्चालनका लागि निजी क्षेत्रलाई दिनुपर्ने यहाँका उद्योगीहरूको माग छ ।
सुनसरी मोरङ औद्योगिक क्षेत्रमा दैनिक उद्योगहरूलाई मात्र ९० मेगावाट विद्युत् आवश्यक
पर्छ । पूर्व क्षेत्रमा दैनिक १ सय ७५ मेगावाट विद्युत्को माग छ तर भारतबाट आउने ६० मेगावाट मात्र यस क्षेत्रका लागि आउने गरेको छ । विद्युत् अभावमा यहाँका उद्योगहरूले आफ्नो उत्पादनमा ५० देखि ६० प्रतिशतसम्म कटौती गरेका छन् ।
प्रकाशित : पुस १७, २०६९ १४:१४

![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया