२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

गैरसरकारी डाक्टरका भरमा बझाङ

बझाङ — सिंगो जिल्लाको स्वास्थ्य सेवा गैरसरकारी संस्थाका चिकित्सकको भरमा सञ्चालन भइरहेको छ ।

हिमाली जिल्ला बझाङमा डाक्टरको सधैं अभाव रहने गरे पनि विगत तीन वर्षयता निक साइमन्स फाउन्डेसन नामक एक संस्थाको सहयोगमा पठाइएका दुई डाक्टरले जिल्लामा स्वास्थ्य सेवा दिइरहेका छन् । बझाङ अस्पतालमा हालसम्म पनि सरकारी दरबन्दीका डाक्टर आएका छैनन् ।
पाँच वर्ष अवधिका लागि निक साइमन्सले बझाङका लागि दुई डाक्टरलाई संस्थाबाटै सेवासुविधा पाउने गरी खटाएको छ । जिल्लामा सरकारी निकायमा चार जना डाक्टरको दरबन्दी छ तर हालसम्म एक जनामात्र बस्दै आएका छन् ।
उनी जनस्वास्थ्य कार्यालयको प्रमुखसमेत भएकाले बिरामीको उपचारमा समय दिन सकेका छैनन् । जिल्ला अस्पतालमा दुई जना र देउलेख तथा रायल प्राथमिक स्वास्थ्य केन्द्रमा १/१ जना डाक्टरको दरबन्दी भए पनि रायल र देउलेखमा त हालसम्म डाक्टर नै गएका छैनन् । 'बझाङजस्तो विकट जिल्लामा डाक्टर आउन मान्दैनन्,' डा. इन्द्रप्रसाद पौडेलले भने, 'यहाँ निक साइमन्स संस्थाले डाक्टर पठाउँदा जिल्लावासीले स्वास्थ्य सेवा पाएका छन् ।'

प्रकाशित : पुस १६, २०६९ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?