२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ऋण लाग्ने डरले उपचार भएन

घनश्याम गौतम

गुल्मी — उपचार गर्न नसकेपछि एक वृद्धले मुखको नजिकै पलाएको मासुको डल्लाको उपचार गर्न सकेका छैनन् ।

पराल्मी ३, डिमेकका ७५ वषर्ीय तुलबहादुर सूर्यवंशीले आर्थिक अभावमा चार वर्षअघि शरीरको मुख, टाउको र खुट्टामा पलाएको मासुको डल्लाको उपचार गर्न नसकेका हुन् ।
सुरुमा सानो देखिएको र सामान्य चिलाउने मात्र गरेको मासुको डल्लो बढ्दै गएको छ । खुट्टा र टाउकाको धेरै नबढे पनि मुख नजिकै निस्केको डल्लो बढ्दै गएर अप्ठ्यारो हुन थालेको उनले बताए ।
विपन्न परिवारका सूर्यवंशीले सुरुमा तम्घास पुगेर ८ सय रुपैयाँ खर्च गरेर उपचार गरे पनि त्यसले नपुगेपछि ऋण लाग्ने डरले थप उपचार नगरेको बताए । 'छुँदा दुख्दैन तर खाना खाँदा र सुत्दा भने अप्ठ्यारो हुन्छ,' उनले भने, 'उपचार गर्दा धेरै ऋण लाग्ने भएकाले त्यसपछि दवाइ गरिएन ।' कृषि पेसा र मेलापातबाट जीवन निर्वाह गर्दै आएका सूर्यवंशीको उपचार समस्यासँगै अर्को पारिवारिक पीडा पनि उस्तै छ ।
३ भाइ छोरा जन्मेको भए पनि अहिले कान्छो छोरा मात्र सँगै छ । रोजगारीका लागि भारतको मुम्बई पुगेको जेठो छोरा खिमबहादुर ९/१० वर्षदेखि उतै बेपत्ता छ । विदेश पुगेको तीन वर्षसम्म बम्बईमा भएको जानकारी आए पनि त्यसपछि अहिलेसम्म सम्पर्क नभएको श्रीमती चित्रकला सूर्यवंशीले गुनासो गरिन् ।
माइलो छोरा पनि नोकरी गर्न भन्दै भारत गएर सम्पर्कविहीन भएपछि अहिले १३ वषर्ीय कान्छो छोरा मात्रै घरमासँगै छ । कमाउने छोरा बेपत्ता भएपछि श्रीमान्को उपचार गर्दा थप ऋण लाग्ने डरले गर्न नसकिएको चित्रकलाले बताइन् ।

प्रकाशित : पुस १६, २०६९ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?