२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

'प्रधानमन्त्रीको बालहठका कारण सहमति भएन'

राजकुमार कार्की

सिन्धुली — कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीको बालहठका कारण सहमति हुन नसकेको बताएका छन् । सोमबार सिन्धुलीको जरायोटार गाविस मझुवामा भएको दुइ नं क्षत्रीय सम्मेलनको उद्घाटन गर्दै महामन्त्री सिटौलाले यस्तो बताएका हुन् ।

'प्रधानमन्त्रीको बालहठका कारण सहमति भएन'
कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीको बालहठका कारण सहमति हुन नसकेको बताएका छन् । सोमबार सिन्धुलीको जरायोटार गाविस मझुवामा भएको दुइ नं क्षत्रीय सम्मेलनको उद्घाटन गर्दै महामन्त्री सिटौलाले प्रधानमन्त्री भट्टराइलाई बालकलाई जसरी सम्झाउँदै आएको र बालहठ त्यागेकै दिन सहमतिको लागि अड्किएको हलो फुकेर मुलुकले निकास पाउने दावी गरे ।
दुई दिनसम्म चल्ने सम्मलेनमा महामन्त्री सिटौलाले एमाओवादीको चर्को विरोध गरे । प्रचण्डले हठ गरेका कारण एमाओवादी टुक्रियो, अहिले बाबुरामले हठ गरेका छन्, यसबाट पनि उनीहरुलाई हानी हुने उनको भनाइ थियो ।
शान्ति र लोकतन्त्रको विकल्प नभएको भन्दै महामन्त्री सिटौलाले हठ त्यागेर सहमतिमा आउन प्रधानमन्त्रीलाई आग्रह गरे । जंगलको जनावरलाई समेत मान्छेले साथी बनाउन सक्छ भने तत्कालिन माओवादीलाई समेत मान्छे भएकाले परिवर्तन गर्न सकिने विश्वास राखी जंगलबाट शहरमा ल्याएको उनले जिकिर गरे ।
कांग्रेस ठूलो दल नभएकाले संविधान नबनेको चर्चा गर्दै महामन्त्री सिटौलाले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिन जनतासँग मत मागे ।
सोही कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले पार्टी सभापति शुशील कोइराला एमाओवादीकै आग्रह बमोजिम प्रधानमन्त्रीको उमेद्वार बनाएको बताए । एमाओवादीको विश्वासमा परेर उमेद्वार बनाउनु कांग्रेसको कमजोरी भएपनि विश्वासघात गर्नु एमाओवादीको अपराध भएको उनको भनाइ थियो ।
कांग्रेस गरिब, बेरोजगार, भूमिहिनको पार्टी नभएको भन्दै नेता थापाले सबैलाई धनी बनाउने, रोजगारी दिने र जग्गा जमिन उपलब्ध गराउने पार्टी भएको दावी गरे । एमाओवादीले जातीय राज्यको गुलिया नारा दिएर जातजातीबीच सद्भाव बिथोल्न खोजेको आरोप लगाउँदै नेता थापाले जुन जात विशेषको राज्य छ, पहिलो दर्जाको नागरिक हुने त्यहि जानुपर्ने तर, जात थर नभएको प्रचण्डले सबै स्थानमा पहिलो दर्जाको नागरिक हुने चालबाजी गरेको बताए ।

प्रकाशित : पुस १६, २०६९ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?