३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

झालाई दूरसञ्चार अध्यक्ष नियुक्त नगर्न सर्वोच्चको आदेश

घनश्याम खड्का

काठमाडौं — सर्वोच्च अदालतले दिगम्बर झालाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियक्त नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।


झाको नियुक्ति गैरकानुनी भन्दै सर्वोच्चमा परेको रिटमा सोमबार न्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशील कार्कीको इजलासले झाको नियुक्ति कार्यान्वयन नगर्न आदेश दिएको हो ।
मन्त्रिपरिषद् ऐन तथा कानुनी प्रावधान विपरीत योग्यता नै नपुगका व्यक्तिलाई प्राधिकरणमा नियुक्ति गरेको भन्दै प्रत्यासीद्वय विश्वनाथ गोयल र जगन्नाथ मिश्र सर्वोच्च गएका थिए ।
मेकानिकल इन्जिनियर झा १७ वर्षसम्म सिँचाइ विभागमा अस्थायी इन्जिनियर थिए । नेपाल आयल निगमको कार्यकारी निर्देशक भएका उनको नियुक्ति विवादित थियो ।



प्रकाशित : पुस १६, २०६९ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?