कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोपोन्मुख ‘नौ’ बाजा संरक्षण गर्न सम्मेलन

काठमाडौँ — केन्द्रीय मानन्धर संघले लोपोन्मुख ‘नौ’ बाजा संरक्षण गर्ने उद्देश्यले भक्तपुरमा एक दिने सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा भक्तपुर र बनेपाबाट ६ वटा बाजा खलक उपस्थित भएका थिए । 

लोपोन्मुख ‘नौ’ बाजा संरक्षण गर्न सम्मेलन

स्वयम्भू पुराणमा उल्लेख भएको नौ सीमित कलाकारहरूले मात्र बजाउन जानेका छन् भने पछिल्लो समयमा ती बाजा लोप हुने तरखरमा छ । नौ बाजामा नेकू, पस्ताः, प्वङा, धाः, डबडब, नगरा, खिं, ताः, मुहाली पर्दछ ।

लोपोन्मुख नौ बाजा संरक्षण सम्मेलनका संयोजक गजेन्द्रप्रसाद मानन्धरले ऐतिहासिक महत्त्वका बाजा संरक्षणमा युवा पुस्ताले विशेष ध्यान दिनुपर्ने बताए । ‘बाजा संरक्षण गर्न नयाँ पुस्तालाई प्रशिक्षण दिएर अभियान सुरु गर्ने योजना छ,’ उनले भने ।

यो बाजा विषेशगरी बौद्धमार्गीहरूले साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाउने गुँला पर्वमा बजाउने चलन छ । बौद्धमार्गीहरूले संरक्षण गरेको नौ बाजा सिद्धार्थ गौतम बुद्धको तत्कालीन समयमा कपिलवस्तुमा राजकीय बाजाको मान्यता पाएको विश्वास गरिन्छ ।

प्रकाशित : चैत्र १२, २०८० १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?