कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक्काइस वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ

रासस

काठमाडौँ — काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ बस्ने ४१ वर्षीय तेजबहादुर राई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नहकुल पोखरेलले जानकारी दिए । उनका अनुसार निज व्यक्ति २०५९ सालमा सञ्जय शाहीको हत्या गरी फरार रहेका थिए ।

शाहीको २१ वर्षअघि काठमाडौँ महानगरपालिका–१९ मरुढोका इनाटोलमा रहेको एक पशु बधशालामा मापसे गरी झगडा पर्दा राईले हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ६, २०८० १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?