कान्तिपुरकर्मी पाण्डेलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुरकर्मी जगदीश्वर पाण्डे यस वर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत भएका छन् । काउन्सिलले यस अघि नै प्रेस विज्ञप्ती जारी गर्दै उक्त पुरस्कार दिने घोषणा गरेको थियो ।

कान्तिपुरकर्मी पाण्डेलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

१२ वर्षभन्दा लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार पाण्डेलाई नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले शुक्रबार काउन्सिलको कार्यालयमा युवा पत्रकारिता पुरस्कारले सम्मान गरे ।

काउन्सिलका अन्य पुरस्कृतहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले यस अघि नै पुरस्कार हस्तान्तरण गरे पनि पाण्डे संयुक्त राष्ट्र संघको ७८ औं महासभामा यूएनको छात्रवृत्तिको कारण मुलुक बाहिर रहेका कारण अहिले पुरस्कार प्रदान गरिएको हो । राष्ट्रपति पौडेलको तर्फबाट अध्यक्ष बस्नेतले सम्मान पत्र र १० हजार रुपैंया प्रदान गरे ।

कान्तिपुर दैनिकमा कार्यरत पत्रकार पाण्डे विगत १२ वर्षभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आइरहेका छन् । पाण्डे अहिले विदेश मामिला, सुरक्षा र राजनीतिक विषयमा कलम चलाउँछन् ।

प्रकाशित : कार्तिक १७, २०८० १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?