कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

जलवायु न्याय अभियान सुरु

काठमाडौँ — अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एड इन्टरनेशनल नेपालले जलवायु न्याय अभियान आरम्भ गरेको छ । युवा र महिलाहरुको सहभागितामा ११ जिल्लाबाट जलवायु न्याय अभियान सुरु भएको संस्थाले जनाएको छ ।

जलवायु न्याय अभियान सुरु

एक्सन एडका अनुसार साझेदार संघ संस्थासँगको सहकार्यमा जलवायु संकटको मुद्दा सम्बोधन गराउने उद्देश्यले काठमाडौंसहित तेह्रथुम, सिरहा, महोत्तरी, पर्सा, चितवन, मकवानपुर, पाल्पा, कपिलवस्तु, बर्दिया र डोटी जिल्लाबाट एकै साथ जलवायु न्याय अभियान सुरु भएको हो ।

अभियानको पहिलो दिन सोमबार विश्व वातावरण दिवसको अवसर पारेर काठमाडौंमा भएको उद्घाटन कार्यक्रमका सहभागीहरुले जलवायु परिवर्तन विश्वको साझा एजेण्डा भएकाले जलवायु न्यायका लागि सबै एकताबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।

अभियान उद्घाटन कार्यक्रममा बोल्दै एक्सन एड इन्टरनेशनल नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले जलवायु परिवर्तनको बहुआयामिक असरहरूको अत्यधिक भार सीमान्तकृत समुदायले भोग्नुपरेको बताइन् ।

अभियानका क्रममा जलवायु सचेतना कार्यशाला, मानव साङ्लो, पदयात्रा गर्नुका साथै जलवायुको विषयमा अन्तरक्रिया गरिने संस्थाकी सञ्चार प्रबन्धक उमा थापाले जानकारी दिइन् । अभियान सञ्चालन भएपछि जलवायु न्याय, जलवायु वित्त, कार्बन उत्सर्जन न्यूनीकरण र अनुकूलनका विकल्प सम्बन्धी प्रस्ताव अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत पुर्‍याउन पहल गर्ने संस्थाले जनाएको छ ।

प्रकाशित : जेष्ठ २२, २०८० १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?