कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धार्थ बैंकद्वारा अमरसिंह विद्यालयलाई २० थान कम्प्युटर सहयोग 

काठमाडौँ — सिद्धार्थ बैंकले नवनिर्मित भवन उद्घाटनको अवसरमा अमरसिंह माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर सहयोग गरेको छ । सो को लागि आवश्यक सोलार, यूपीएस र ब्याट्री प्रदान गर्ने तथा दृष्टिविहीन बिद्यार्थीहरुको लागि बहुउद्देशीय हल निर्माण गर्न ४० लाख सम्मको सहयोग गर्ने सम्झौता पनि बैंकले गरेको छ ।

सिद्धार्थ बैंकद्वारा अमरसिंह विद्यालयलाई २० थान कम्प्युटर सहयोग 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल र विद्यालयको तर्फबाट प्रधानाध्यापक तेजस्वी बरालले सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । सिद्धार्थ बैंकले गण्डकी प्रदेशमा आफ्नै नवनिर्मित भवन संचालनमा ल्याएको छ । बैंकका सञ्चालक समिति अध्यक्ष मनोज कुमार केडियाले भवनको उद्घाटन गरे । ऊक्त कार्यक्रममा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत एवम् उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति थियो । बैंकले विगत १६ वर्षदेखि पोखरा महानगर वडा नं ८ सभागृह चोकबाट सेवा प्रदान गर्दै आइरहेको शाखालाई उक्त भवनमा स्थानान्तरण गरेको छ ।


प्रकाशित : चैत्र १४, २०७९ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?