कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प 

कान्तिपुर संवाददाता

काठमाडौँ — टाटा मोटर्सको आधिकारिक सोरुमहरुमा तीन दिने इलेक्ट्रिफाइङ एक्सचेन्ज विशेष क्याम्प सम्पन्न भएको छ । नेपालभर रहेका सिप्रदी तथा सिप्रदीका आधिकारिक सोरुममा शुक्रबारदेखि आइतबारसम्म मेला आयोजना गरिएको थियो । उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनसँग विद्युतीय सवारीसाधन सटहीको सुविधा दिइएको कम्पनीले जनाएको छ ।

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प 

कम्पनीका अनुसार चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा नि:शुल्क पार्टपुर्जा पनि क्याम्पमा प्रदान गरिएको थियो । 'अहिले टाटा मोटर्स नेक्सन ईभी र टिगोर ईभीको माग एकदम बढ्दो क्रममा छ, यहीं मागलाई अझ सुलभ बनाउन चालु अवस्थामा रहेका गाडीसँग साट्न सकिने सुविधा छ' कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ । साथै विभिन्न अफरहरु पनि ल्याइएको कम्पनीले जनाएको छ ।

प्रकाशित : फाल्गुन २८, २०७९ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?