कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामसङले फेरि ल्यायो 'फ्ल्यागसिप' फोन

काठमाडौँ — सामसङले केही समयको अन्तरालपछि फ्ल्यागसिप स्मार्टफोनहरु फेरि नेपाली बजारमा ल्याएको छ । सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितका अनुसार एस २२ सिरिज, ए ७३ र फोल्डेबल फोनहरूमा सबैभन्दा अगाडि रहेको ग्यालेक्सी जेड फ्लिप ४ तथा ग्यालेक्सी जेड फोल्ड ४ स्मार्टफोन नेपालमा ल्याइएको हो । 

सामसङले फेरि ल्यायो 'फ्ल्यागसिप' फोन

‘ग्यालेक्सी एस २२ सिरिज, ग्यालेक्सी ए ७३ फाइभ जी, ग्यालेक्सी जेड फ्लिप ४ र ग्यालेक्सी जेड फोल्ड ४ सामसङको फ्ल्यागसिप लाइन–अपका सबै सेगमेन्टहरू ल्याउन केही समयका लागि रोकिएको थियो’ उनले भने ‘तर अब यी सबै सेगमेन्टका समार्टफोनहरु फेरि नेपाली बजारमा फर्किएका छन् ।’

ग्यालेक्सी एस २२ मा ६.१ इन्चको डिस्प्ले र ग्यालेक्सी एस २२ अल्ट्रामा ६.८ इन्चको डिस्प्ले रहेको छ । ग्यालेक्सी ए ७३ फाइभ जीको ६.७ इन्चको डिस्प्लेमा छ । ग्यालेक्सी जेड फ्लिप ४ र ग्यालेक्सी जेड फोल्ड ४ स्मार्टफोन फोल्ड गर्न मिल्ने खालका हुन् ।


प्रकाशित : माघ १५, २०७९ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?