एनआईबीएल ग्रोथ फन्डको इकाइ बाँडफाँट

काठमाडौँ — एनआईबीएल ग्रोथ फन्डको इकाइ बाँडफाँट गरिएको छ । एनआईबीएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबीएल ग्रोथ फन्डको अंकित मूल्य १० का दरले १६ करोड इकाइका लागि बिक्री आह्वान गरिएको थियो ।
जसमध्ये बिज पुँजी वापत १ प्रतिशत अर्थात् १६ लाख इकाइ योजना व्यवस्थापक एनआईबीएल एस क्यापिटललाई र १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख इकाइ कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई सुरक्षित राखिएको थियो । बाँकी रहेको १२ करोड ८० लाख इकाइका लागि बिक्री खुला गरिएको थियो ।
तोकिएको अवधिभित्र ४२ हजार ६० आवेदकमार्फत ९ करोड ९३ लाख ६७ हजार ९ सय इकाइका लागि १ अर्ब ३१ करोड रुपैयाँ बराबरको आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ । क्यापिटलले बिज पुँजीको रुपमा ६३ लाख २१ हजार इकाइ थप आफैले खरिद गरी रितपूर्वक आवेदन दिने सबैलाई माग गरेअनुसार फन्डको इकाइ बाँडफाँट गरिएको जनाएको छ । योजनाको आकार १ अर्ब ३२ करोड कायम गरिएको क्यापिटलले जनाएको छ । नतिजा एनआईबिएल एस क्यापिटलको वेवसाइट सीडीएससीको मेरो सेयर अनलाइन प्रणालीमार्फत् हेर्न सकिनेछ ।