कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

बायुङ राईको मुन्दुमसम्बन्धी पुस्तक प्रकाशित

कुम्भराज राई

ओखलढुंगा — बुद्धिकुमार बायुङ राईद्वारा लिखित पुस्तक ‘किरात बायुङ राई तुम्लोयालो’ विमोचन भएको छ । किरात समुदायअन्तर्गत बायुङ राईहरुको मुन्दुमसम्बन्धी उक्त पुस्तक शनिबार सदरमुकाममा एक कार्यक्रमबीच राष्ट्रियगानका सर्जक प्रदीपकुमारले पुस्तकको विमोचन गरे ।

बायुङ राईको मुन्दुमसम्बन्धी पुस्तक प्रकाशित

सिद्धिचरण नगरपालिका-११ निवासी बुद्धिकुमार बायुङ राई पुस्तकका लेखक तथा प्रकाशक दुवै हुन् । ७७ वर्षीय उनी बायुङ समुदायको न्वाक्सो अर्थात् पूजारीसमेत हुन् । बायुङ समुदायका मुन्दुम विज्ञ राईले पुस्तकमा सृष्टिको कथादेखि जन्म-मृत्युसम्मका बायुङ समुदायको संस्कारमा प्रयोग हुने मुन्दुमहरुको व्याख्या बायुङ र नेपाली दुवै भाषामा गरिएको छ ।

पुस्तकमा कथा मिथकहरु, जानकारी, कर्मकाण्ड, प्रकृति पूजा, पितृ पूजाजस्ता विषय उल्लेख गरिएको छ । बुद्धिकुमारको यसअघि नै किरात बाहिङ (बायुङ) तुम्लो २०६९ सालमा प्रकाशित भएको थियो । ‘किरात बायुङ राई तुम्लोयालो’ पुस्तकमा चार सय ४७ पृष्ठ रहेको छ । पुस्तकको मूल्य ५ सय ५० रहेको छ । किरात राई यायोक्खा ओखलढुंगाका संस्थापक अध्यक्षसमेत रहेका राई अवकाशप्राप्त भारतीय सेना हुन् ।


प्रकाशित : श्रावण २७, २०८० १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?