कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
फोटो–फिचर

सकसमा हुम्ला

केशव थापा

कर्णाली प्रदेशको सुन्दर हिमाली जिल्ला हुम्लामा दुःखका प्रशस्तै कथा छन् । हुम्ला नाममाथि छन्– अनेक किंवदन्ती । एउटा किंवदन्तीले भन्छ– यहाँको प्रसिद्ध तीर्थस्थल खार्पुनाथमा प्राचीनकालमा कोटिहोम लगाइएको थियो, होम अर्थात् होमंला अपभ्रंश भई हुम्ला रह्यो । अर्को भनाइ छ– हुल्म लङरिङ (साँघुरो नदी) अपभ्रंश भएर हुम्ला भयो । यो पनि भनिन्छ– तिब्बतका हुण जातिहरु यही बाटो हुँदै ल्हा भञ्ज्याङ काटेर तिब्बत क्षेत्र प्रवेश गरेका हुन् र हुण–ल्हाबाट हुम्ला भएको हो ।

सकसमा हुम्ला

राष्ट्रिय जनगणना २०७८ अनुसार, हुम्लाको जनसंख्या ५५ हजार ३९४ छ । भौगोलिक विकटताले भरपर्दो सडक नहुनु हुम्लाको खास दुःख हो । त्यसैले यहाँका मान्छेको जीवन र दैनिकी भयानक कष्टकर छ । सदरमुकाम सिमकोटसँग कुनै सडक सञ्जाल जोडिएको छैन, त्यसैले यहाँको जीवन पैदल वा हवाईमार्गबाट मात्रै चलायमान हुन्छ । धनगढी, नेपालगन्ज र सुर्खेतबाट हुने हवाई उडानले हुम्लालाई जोडेको छ । औषधि, खाद्यान्न, तरकारी लगायत सबै सामान हवाईजहाजबाटै ल्याउनुपर्छ हुम्लामा । त्यसैले समानको भाउ असाध्यै चर्को छ ।

बर्खा लागेपछि हुम्लाको दुःख अझै चुलिन्छ । छिनछिनमा बदलिइरहने मौसमकै कारण हवाई उडानहरु अनिश्चित हुन्छन् । त्यसपछि औषधि उपचारलगायत कामले नेपालगन्ज हुँदै काठमाडौं उड्नुपर्ने मान्छेहरुको बास हुन्छ– विमानस्थल छेउछाउ । स्थानीय एउटै पर्खाइमा हुन्छन्– खाद्यान्नको । चौंरी र खच्चरमा बोकाएर गाउँलेहरु गाउँमा खाद्यान्न पुर्‍याउँछन् ।

जिल्ला अस्पताल त छ, तर हुम्लीहरु सामान्य अपरेसनका लागि पनि महँगो हवाई खर्चमा नेपालगन्ज, धनगढी वा सुर्खेत झर्नुपर्छ । पोषिलो खाना, स्वास्थ्य परामर्शको अभावले महिला–बालबालिका झनै दुःखमा छन् ।











प्रकाशित : असार २३, २०८० १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?