कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

ओल्ड इज गोल्ड

म्युजिक २०१४
हिमेश

यसलाई गीत सुन्ने प्रवृत्ति मान्ने कि ? सन् २०१४ मा कुनै पनि एल्बमले अपार बिक्रीको कीर्तिमान राख्न सकेन ।

ओल्ड इज गोल्ड
दस लाखको अंक छुन पनि गाह्रो भयो । खालि टेलर स्विफ्टलाई छाडेर । उनको '१९८९' एल्बम भने पहिलो सातामै दस लाखभन्दा बढी बिक्री भयो । यस्तोमा सन् २०१४ को अन्तर्राष्ट्रिय संगीतको सबैभन्दा ठूलो स्टार यिनै स्विफ्टलाई मान्ने कि ?
अन्तर्राष्ट्रिय संगीतले एउटा तथ्य के राम्रोसँग बुझ्यो भने अब यसको व्यापार पुरानो तरिकाले चल्ने छैन । अब ठूलै परिवर्तन आवश्यक छ, 'रिभोलुसन' का रूपमा । अब पारम्परिक बिक्रीको चलनलाई बिर्सने दिन आइसकेको छ । तथ्यांकले भन्छ, प्रत्येक वर्ष संगीतको पारम्परिक शैलीको बिक्रीमा कमी भइरहेको छ, सन् २०१४ मा ह्वात्तै कम भयो । कमी १३ प्रतिशतको थियो ।
यसलाई सायद बुझ्ने पहिलो प्रयास गर्‍यो, यु-टुले । स्विफ्टका गीतभन्दा यु-टुका गीत धेरैले सुने र यसको कारण पनि विशेष रह्यो । यु-टुले आफ्नो नयाँ एल्बम 'सङ्स अफ इनोसेन्स' आईफोन सिक्समा एकैपल्ट रिलिज भयो । आई-ट्युन एकाउन्ट्सका करोडौं ग्राहक छन्, उनीहरू सबैले एकैपल्ट 'सङ्स अफ इनोसेन्स' पाए, त्यो पनि सित्तैमा ।
यसलाई लिएर यु-टुका फ्रन्टम्यान बोनो भन्थे, 'ओहो, यो त नयाँ प्रयोग हो है । यो प्रयोग सुन्दर पनि छ ।' एउटा अनुमान छ, यु-टुको यो एल्बम कम्तीमा ५ लाख ५० हजारले पाए र सुने । रोलिङ स्टोन म्यागेजिन पनि कम थिएन, उसलाई यु-टुको प्रयोग खुबै मन पर्‍यो । र, गीतहरू पनि । त्यसैले उसले घोषणा गर्‍यो, 'सङ्स अफ इनोसेन्स' 'एल्बम अफ द इयर' हो ।
स्विफ्टलाई छाडेर यसपल्ट ब्वाई ब्यान्डहरू बढी चले, गल्र्स ब्यान्डहरूका लागि सन् २०१४ राम्रो रहेन । रोलिङ स्टोनकै तथ्यांकले भन्छ, ग्लर्स ब्यान्डका गीत धेरैले रुचाएनन् । सायद राम्रो गीतहरू बनेनन् । त्यसको तुलनामा ब्वाई ब्यान्डका गीत केही राम्रा थिए कि ? तर पनि एउटा तथ्यले भने गल्र्स ब्यान्डका प्रशंसकलाई खुसी तुल्याउन सक्छ । धेरैलाई लाग्न सक्छ, पङ्क म्युजिक ब्वाइजको हो, गल्र्स होइन ।
इतिहासले यस्तै भन्छ । तर सन् २०१४ अपवाद रह्यो । यसपल्ट पङ्क म्युजिकमा गल्र्सहरूको दबदबा रह्यो र यसलाई अन्तर्राष्ट्रिय म्युजिकमा आएको ठूलै परिवर्तन मानिएको छ । अब पङ्क म्युजिकमा गल्र्सहरू खुलेर आउन थालेका छन् र सफल पनि रहेका छन् । तथ्यांकले पनि यस्तै भन्छ । जस्तो एक्स-हेक्स र पफेर्क्ट पुस्सीका एल्बमहरू सन् २०१४ मा राम्रै चलेकामा परे ।
गल्र्सका पङ्क म्युजिक गीतहरू यसपल्ट प्रशस्त बजारमा पनि आए र पछाडि परे, गल्र्सहरू । सन् २०१४ केही पुराना गायक र ब्यान्डको कमब्याक वर्ष पनि रह्यो । जस्तो पिन्क फ्लोयडको 'एन्डलेस रिभर' यसै पल्ट बजारमा आयो । घोषणा भइसकेको छ, यो उनीहरूको अन्तिम एल्बम पनि हो । यसपल्ट पि्रन्स र ग्राथ ब्रुक्सका नयाँ एल्बम पनि निस्के । र, धेरैले यो पनि भने, 'ओल्ड इज गोल्ड' ।

प्रकाशित : पुस ११, २०७१ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?