कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुम्बा निर्माण

सिरहा — उदयपुरको कटारी नगरपालिका २ स्थित बेलसोतका मिलन तामाङले २२ लाखको लागतमा ज्याङछ्युप छ्योइलिङ बौद्ध गुम्बा बनाएका छन् ।

गुम्बाको सभासद नारायणबहादुर कार्कीले बुधबार उद्घाटन गरे । काठमाडौंमा कपडा व्यवसाय गर्दै आएका तामाङले सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वारसमेत रहेको गाउँमा सांस्कृतिक, धार्मिक तथा पर्यटकीय स्थल विकासका लागि गुम्बा निर्माण गरेको बताए ।
गुम्बा परिसरमा उनले उक्त गुम्बा आफ्ना स्वर्गीय हजुरबुबा, हजुरआमा, आमा र भाइ तेजबहादुर, सुनमाला, सुकुमाया र तिलकबहादुर तामाङको सम्झनामा चैतेसमेत निर्माण गरेका छन् । गुम्बालाई धार्मिक पर्यटनका रूपमा विकास गर्ने सभासद कार्कीले बताए ।

प्रकाशित : पुस १७, २०७१ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?