२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

२० वर्षको फिल्म

जम्मा एक सातामै फिल्मको व्यापारिक आयु सकिने अहिलेको समयमा कुनै फिल्म १ हजार हप्तासम्म चलेको थियो भन्ने सुन्दा नौलो लाग्न सक्छ ।

२० वर्षको फिल्म
तर, यो २० वर्ष अगाडिको कुरा हो । त्यतिबेला न त मार्केटिङ यति एग्रेसिभ थियो न त सय करोड क्लब नै थियो । तैपनि, एउटा फिल्म यस्तो आयो जो २० वर्षसम्म ताजा रह्यो । एक हजार सातासम्म एउटै हलमा चल्यो । बलिउडमा फिल्म बनाउने तरिकालाई नै परिवर्तन गरिदियो ।
यो फिल्म थियो- दिलवाले दुल्हानीया ले जाएङ्गे । यश चोपडाले निर्माण गरेको यो फिल्मलाई उनका छोरा आदित्य चोपडाले निर्देशन गरेका थिए । शाहरूख खान र काजोलले मुख्य भूमिकामा अभिनय गरेको यो फिल्मले बलिउडमा धेरै कुरा स्थापित गर्‍यो । त्यसमा सबभन्दा ठूला दुई कुरा बलिउडमा रोमान्टिक फिल्मको नयाँ अवधारणा र एनआरआई बजार ।
बेलायत बस्ने एउटा बिग्रिएको केटो कसरी आफ्नो प्रेमको खोजी गर्दै भारत आउँछ र परम्परागत भारतीय मूल्य मान्यतालाई अनुशरण गर्दै उसले सबको दिल जितेर आफ्नी प्रेमिका प्राप्त गर्छ भन्ने कथा फिल्ममा थियो । यसै फिल्मपछि बलिउडमा भारतबाहिर बस्ने हिरो-हिरोइनको कथा आउन थालेको मानिन्छ । यसले नै बलिउडको क्रसओभर बजार खुला गरेको पनि मानिन्छ । यसअघि नै शाहरूख र काजोल जोडीका रूपमा 'बाजिगर' र 'करण अर्जुन' मा आएका भए पनि यो फिल्मले नै यो जोडीलाई प्रसिद्धि दिलायो । २० वर्षदेखि फिल्म चलेको मुम्बईको मुम्बई मराठा फिल्म हलमा एक विशेष कार्यक्रम गरी फिल्मको १ हजार हप्ता मनाइयो ।

प्रकाशित : पुस ४, २०७१ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?